Tuesday, December 4, 2012

पाकिस्तानको तालिबान v/s मलाला

–संघर्ष पन्त
 दक्षिण एसियाली मुलुक पाकिस्तान एक ईस्लाम बाहुल्य राष्ट्र हो । तालिवान र अलकायदा जस्ता लडाकु समूह र त्यसविरूद्धको युद्धका कारण पाकिस्तानमा मानव अधिकार हननका घटना नौलो होइनन् । मानवअधिकार नै संकटमा परेको बेला महिला अधिकार त झन संकटमा पर्ने नै भयो । कट्टर इस्लामिक कानुनको वकालत गर्ने कतिपय चरमपन्थि समूहका कारण पाकिस्तानमा महिला अधिकार र उनीहरुको सुरक्षा लगायतका कुराहरु निकै जोखिम अवस्थामा रहेको छ ।

महिला स्वतन्त्रताको विषयमा मात्रै होइन अभिव्यक्ति स्वतन्त्रताको विषयमा पनि पाकिस्तान जोखिमयुक्त मुलुक हो । पाकिस्तानमा कुनै विषयमा आफ्ना धारणा रखेकै कारण कतिपयले ज्यानै गुमाउनु परेको छ । पछिल्लो समय पाकिस्तानमा यस्तै एउटा दुखद घटना भएको छ। नारी स्वतन्त्रताको माग उठाउ“दा तालिवानको कोपभाजनमा परेकी छिन एक १४ वर्षिय किशोरी । कलिलो उमेरदेखि नै महिला शिक्षाको पक्षमा आवाज उठाउदै आएकी १४ वर्षिया मलाला युसुफजईलाई गत मंगलबार तालिबान लडाकुले गोली प्रहार गरेका छन् ।
अहिले उनी अस्पतालमा जिवन र मृत्युस“ग लडिरहेकी छिन् । महिला अधिकारको आवाज उठाएकी मलाला माथि उनको घाटी र टाउकोमा गोली प्रहार भएको छ र उनी अहिले चर्चा र चिन्ताको विषय बनेकी छिन सारा विश्वको लागी । अस्पतालमा निकै गम्भिर अवस्थामा उपचाररत मलालाको स्वास्थ्यमा सुधार आउनका लागि थुप्रैले प्रार्थना पनि गरिहरहेका छन् ।

हुन त मलाला उनीमाथि भएको आक्रमणबाट एकाएक चर्चामा आएकी भने पक्कै होइनन् । पाकिस्तानको तालिबानी आतंक रहेको स्वात जिल्लाको मिंगोरा सहरमा बसोबास गर्ने मलाला आÏनो हिम्मत र सहासका कारण परिचीत छिन् । कतिपयका लागि उनी विश्वास र हिम्मतका लागि प्रिय र सम्माननिय छिन् त्यस्तै कतिका लागि भने उनी टाउको दुखाईको विषय हुन् । सन् १९९८ मा जन्मिएकी मलालाले सन् २००९मा ११ वर्षको कलिलो उमेरमा बिबिसी उर्दु सेवामा तालिबानको छायामा जिन्दगी शीर्षकमा डायरी लेखिन् । तालिबानले स्वात जिल्लामा शासन गर्दा आफूले भोगेको समस्यामा बारेमा लेख्ने गर्थिन उनी आÏनो ब्लगमा ।

महिला शिक्षाको लागि विशेष आवाज उठाउने मलालाले तालिबानले स्वातमा शासन गरेपछि महिलाहरुलाई विद्यालय जान, बजार जान, किनमेल गर्न लगाएको रोकको बारेमा सबैलाई बताइन आÏनो डायरी मार्फत मलालाले । सन् २००९को जनवरी महिनामा उनको विद्यालयपनि तालिबानले बन्द गरिदिएपछि उनले आई मे नट गो टु स्कुल एगेन नामक शीर्षकमा आÏनो भावना व्यक्त गरेकी थिइन् ।

यो लेखले धेरैको ध्यान खिच्यो । अनि पाकिस्तानी सरकारी सेनाले स्वात क्षेत्रबाट तालिवानको दबदबा हटाउने प्रयासमा लाग्यो । तालिबानको डर र आतंकका कारण सपरिवार आफ्नो घर छाड्न बाध्य मलाला गत वर्षमात्रै पुनः मिंगोरा फर्किएकी थिईन् । साहसको कारण गत वर्ष अन्तर्राष्ट्रिय बालबालिका शान्ति पुरस्कारको लागि चुनिएकी उनी अन्तिम पा“च प्रतियोगी मध्येको एक थिइन् ।

यसैगरि उनलाई पाकिस्तानी सरकारले पहिलो राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित पनि गरेको छ । तर शरया कानुनको वकालत गर्दे आएको तालिवानको लागि मलालाको स्वतन्त्रताप्रतिको आस्था अपराध भयो । आÏनो लेख मार्फत नारीलाई पनि शिक्षा आवश्यक छ भन्दा यति ठूलो मूल्य चुकाउनु पर्ला भन्ने सायद उनले सोचेकी पनि थिइनन् ।

पढेर चिकित्सक बन्ने र देशको सेवा गर्ने इच्छा थियो मलालाको । तर महिलालाई घर भित्र कै चुल्हो चौकौमा सिमित गर्ने तालिवानको मलालाको हत्या नै गर्ने सोचका कारण उनी अहिले यस्तो हालतमा छिन् । उनीमाथि आक्रमण गरेको तालिबानले यदि उनी कुनै हालतमा बच्न सफल भइन भने उनलाई कुनै दिन मृत्यु नै उपहार दिने स्पष्ट पारिसकेका छन् । उनको यो हालतको खुशी सायद तालिबानलाई होला तर अमेरिका जस्तो शत्तिशाली मुलक जस्तै अन्य मुलुकहरुले भने उनको स्वास्थ्यमा सुधार आओस् भन्ने कामना गरिरहेका छन् ।

मलाला पाकिस्तानको लागि मात्रै होइन पूरै विश्वको नायिका हुन् साथसाथै इलाम राष्ट्रका महिलाहरुको लागि साहसको प्रतिबिम्ब हन् । हुन त उनी जस्तो साहसिक महिलामाथि आक्रमण गर्ने तालिवानले आÏनो कायरता प्रष्ट्याएको छ । १४ वर्षको बालिकाको हत्या गर्ने तालिबानले आÏनो समूहको सिद्धान्त जसरी अरुमाथि लाद्न खाजेको छ, त्यो अत्यन्तै निन्दनीय छ ।

तालिबानको लडाई कुनै सिद्धान्तस“ग होला तर त्यसको नाममा कट्टरपन्थी धारणा राखेर मानव हत्यामा उत्रनु मुर्खता बाहेक केही होइन । महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन् । एउटाको अभावमा अर्को चल्न सक्दैन । त्यसैले महिलालाई दबाएर राख्नु भगवान्को अपमान गर्नु हो, जसलाई तालिबान समूहले बुझ्न जरुरी छ । अन्ततः जिवन र मृत्युको दोसा“धमा रहेकी मलालाको शीघ्र स्वास्थ्यलाभको लागि हाम्रो पनि कामना ।

No comments:

Post a Comment