Tuesday, December 4, 2012

चावेज,भनेजुएलाका एक चर्चित नेता

–संघर्ष पन्त
भेनेजुयलाका जनताले आइतबार भएको राष्ट्रपतीय निर्वाचनमा खुब उत्साहपूर्ण मतदान गरे । राष्ट्रमा नया“ राष्ट्रपति चुन्नका लागि १ करोड ९० लाख भन्दा बढी जनताले आÏनो मताधिकार प्रयोग गरे । जुन पूर्वानुमान गरिएभन्दा बढी थियो । निकै समयसम्म लाइनमा बसेर विगतका मतदानमा भन्दा यो वर्षको मतदानमा निकै राम्रो जनसहभागिता थियो । र नहोस् पनि कसरी अगामी ६ वर्षका लागि नया“ राष्ट्रपतिको चयन जो गर्नु थियो ।

जे होस् भेनेजुयलाका जनताले आइतबार भएको मतदानमा उल्लेख्य सहभागिता जनाए र पुनः हयूगो चावेजलाई नै राष्ट्रपतिको रुपमा निर्वाचित गराए । समाजवादी वामपन्थी हयूगोको पक्षमा जनताले ५४ दशमलब ४२ प्रतिशत मत खसाले र उनलाई चर्चित नेताको रुपमा परिचित गराए । राष्ट्रपतीय निर्वाचनका लागि मैदानमा उत्रिएका अर्का विपक्षी नेता हेन्रिक क्याप्रीलसको पक्षमा भने जनताले ४४ दशमलब ९७ प्रतिशत मत खसाले । य्ूनाइटेड सोसलिष्ट पार्टीका चावेजलाई जष्टिस फष्ट पार्टीका क्याप्रिलसले राम्रो टक्करत दिए तर निर्वाचनमा भने जित्न सकेनन् ।
प्रारम्भिक चरणमा कहिले चावेजले जित्ने भन्दै हल्ला गरिएको थियो भने कहिले क्याप्रीलसले जित्ने आंकलन गरिएको थियो । हुन त सन् १९९९ देखि भेनेजुयलाको राष्ट्रपतिको पदभार ग्रहण गरेका चावेजका लागि यो मतपरिणाम पछिल्लो निर्वाचनको भन्दा कम हो । तैपनि उनलाई जनताले अझै रुचाइरहेको पाइएको छ । दक्षिण अमेरिकामात्र होइन चावेजको यो विजयले विश्वमै उनको लोकप्रियता ह्वातै बढाइदिएको छ ।

सन् १९५४मा भेनेजुयलाको विकट गाउ“ सामानेतामा शिक्षक परिवारमा जन्मिएका चावेज एक समाजवादी नेता हुन जो बाहिरी हस्तक्षेपको चर्को विरोध गर्न खप्पिस छन् । गरिबको नेताको रुपमा प्रख्यात चावेज आफै पनि एक गरिब परिवारमा हुर्किएका थिए । उनी १७ वर्षकै उमेरमा नै सैन्य सेवामा भर्ना भएका थिए । त्यसैक्रममा उनले सरकारी योजनाको विरोध गर्दै क्रन्तिकारी बोलिभेरियन मुभमेन्ट नामक समुह स्थापना गरे र सरकारी नीतिविरुद्धमा लड्न थाले आÏना सहयोगीका साथ ।

यसै क्रममा उनी सन् १९९२ मा जेल पनि परे । उनलाई दुई वर्षपछि तत्कालिन राष्ट्रपति राफेल क्यालडेराले माफी दिएपछि रिहा भए । जेलबाट मुक्त भएपछि चावेजले समाजवादी पार्टी फिप्ट रिपब्लिक मुभमेन्ट स्थापना गरे । यसरी राजनीतिमा छिरेका चावेज सन् १९९८ को राष्ट्रपतिय निर्वाचनमा विजयी भए । राष्ट्रपति पदमा निर्वाचित हुने बित्ततकै चावेजले सीमान्तकृत समुदायको अधिकार वृद्धि गर्दै सरकारको ढा“चा नै परिवर्तन गर्दै संविधान जारी गरेका थिए । उनको यो नीतिका कारण बुर्जुवाहरु केहि हदसम्म हतोत्साहित भए पनि पिछडिएका र गरिब जनसमुदायमा भने यो संविधानले निकै परिवर्तन ल्याएको थियो । त्यसैले सन् २००० मा पुनः चावेजकै सरकारले जित प्राप्त ग¥यो ।

आÏनो अमेरिकी विस्तारवाद विरुद्धको नीति, बाह्य हस्तक्षेपको घोर विरोधलगायत कारण चर्चित अनि विवादित चावेजले सन् २००२ मा राष्ट्रिय आयल निगममा भएको आन्दोलनमा वैदेशिक त्यसमा पनि अमेरिकाको सहयोग अस्वीकार गर्दै वातावरण नियन्त्रण लिएका थिए । यति मात्र होइन उनले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई संयूक्त राष्ट्रसंघको बैठकमा विश्व सखाप पार्ने राक्षक भन्दै सम्बोधन गरेका थिए ।
तेलका कारण विश्वप्रख्यात र सबै भन्दा बढी तेल उत्पादन गर्ने राष्ट्र भेनेजुयलाको ग्रामीण इलाकामा स्वास्थ्यकर्मीको पहु“चको लागि चोवेजले क्युवास“ग तेलको विक्री गर्ने सम्झौता गरे । त्यति मात्र नभई उनले विदेशका गरिब नागरिकलाई तेल बा“ढे अनि अनावश्यक तेल बा“ढेको भन्दै आलोचित पनि भए । जे होस् राष्ट्रपति चावेज पदमा आइसकेपछि भेनेजुयलाको गरिबी संख्या पनि हरेक वर्ष घटेको छ र आर्थिक वृद्धि दर हरेक वर्ष बढेको पनि छ ।

क्यान्सर रोगस“ग लड्दा पनि आÏनो देशलाई वैदेशिक हस्तक्षेपबाट जोगाएका चावेजको यहि विशेषताका कारण उनी पदमा टिकिरहने भेनेजुयलाका पहिलो नेता बनेका छन् । सा“च्चै नै अमेरिका जस्तो शक्तिशाली मुलुकलाई सिधै चेतावनी दिनु, आÏनो राष्ट्रमा रहेको तेल खानीलाई वैदेशिक लगानी गर्न नदिई स्वदेशी लगानीबाटै विकसित गराउनु चावेजको मुख्य सफलता नै हो । यो सबैले मान्नैपर्छ । यसबाहेक चावेज कार्यकालमा विकसित हु“दै गएको भेनेजुयलाले अगामी दिनहरुमा पनि विकासको शिखर चुम्दै जाने आशा गर्न सकिन्छ ।

No comments:

Post a Comment